ज्ञानकुमारी राईको हत्या एसपीको नेतृत्वमा अनुसन्धान जारी

0
5

पथरी शनिश्चरे,

माेरङकाे पथरी शनिश्चरे -०७ लामाटोल को सुम्निमा होटलमा हत्या भएको बालिका ज्ञानकुमारी राईको हत्या सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीको नेतृत्वमा स्थलगत अनुसन्धान भइरहेको छ ।

हिजो सोमबार राती करिब ९:४५ बजेको समयमा १५ वर्षिया राईलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो। साे घटनाको अनुसन्धान एसपी कार्की आफै स्थलगत अनुसन्धान गरिरहेका हुन ।

खोटाङ घर भई हाल पथरीमा रहेका भान्जे दाई बिनोद राईसङ्ग बसेर पन्चायत मावि अध्ययन गरदै आएकी थिइन् । राति नै प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरेकोछ ।
शव पोष्टमार्टमको लागि घोपा लगेको छ । राईको शव पोष्टमार्टमको लागि धरान घोपा पठाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here