मारवाडी युवा मञ्चमा ऋषभ मित्तल

0
6

बिर्तामोड ।

मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्ष पदमा बिर्तामोडका युवा व्यवसायी ऋषभ मित्तल चयन भएका छन् । सातौं कार्यकालको लागि सोमवार नयाँ समिति गठन गरिएको हो ।

साधारणसभाले मित्तललाई २ बर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी यसअघि मञ्चको बरिष्ठ उपाध्यक्ष रहेका थिए । त्यस्तै मञ्चको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल (गोयल) उपाध्यक्षमा पवन शर्मा, महासचिवमा जीवन अग्रवाल (बंसल), कोषाध्यक्षमा सेंकी अग्रवाल, सचिवमा धीरज अग्रवाल, सह–सचिवमा रवि शर्मा, सह–कोषाध्यक्षमा टोनी अग्रवाल (जिंदल), जन–संपर्क अधिकारीमा सुबित अग्रवाल चयन भएका छन् ।

त्यस्तै मञ्चको सदस्यहरुमा मनोज गोयल, साहिल अग्रवाल, निलेश अग्रवाल, नितिन अग्रवाल, विकास अग्रवाल मनिष पोद्दार, अंकित अग्रवाल, राहुल अग्रवाल, रोनक अग्रवाल, पियुष खेतान, आकाश जैन, पंकज गर्ग, मुकेश सिंह चौधरी, आशिष सोनी, आर्यन मित्तल चयन भएका छन् ।

मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहनकुमार मित्तलको प्रमुख आतिथ्य तथा मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल टोनीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मित्तल, बिर्तामोड नगरपालिका वार्ड नं. ४का अध्यक्ष राहुलकुमार शर्मा, नेपाल राष्ट्र मारवाडी युवा संगठन क्षेत्र क सभापति दिपक मित्तल, नेपाल राष्ट्र मारवाडी युवा संगठनका कोषाध्यक्ष यज्ञराज अग्रवाल, अग्रेसन भवन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल लगायतले शुभकामना मनतव्य राखेका थिए ।

कार्यक्रममा मारवाडी महिला मञ्च बिर्तामोडका अध्यक्ष नीलम अग्रवाल, अग्रेसन भवन बिर्तामोडका पूर्व अध्यक्ष बाबुलाल अग्रवाल, नेपाल राष्ट्र मारवाडी युवा संगठनका सदस्य सुमित शाहीवाला लगायतको आतिथ्य रहेको थियो ।

मञ्चका बरिष्ठ अग्रवाल ऋषभ मित्तलले स्वागत गरेको कार्यक्रममा मञ्चका कोषाध्यक्ष विशाल गोयलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन मञ्चका सचिव जीवन बञ्चलले गरेका थिए । कार्यक्रमका सञ्चालन महासचिव पवन शर्माले गरेका थिए । निर्वाचन आयोग पंकज मित्तल र सहनिर्वाचन आयोग यज्ञराज अग्रवालले उनीहरुलाई शपथ गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here