राष्ट्रियता झल्काउँदै झापा गोल्डकप

0
20

झापा ।

कुनै पनि खेलमा धर्म, संस्कृति, राजनीति भन्दामाथि रहेर राष्ट्रियता झल्किने गरेका छन् ।

देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरमा भएका प्रतियोगिताहरुमा राष्ट्रियता झल्किएको प्रष्टै देख्न सकिन्छ । खेलमा कुनै जात, धर्म र भूगोल हुँदैन । विश्वकै सर्वाधिक रुचाइएको फुटवल खेलमा अझ धेरै राष्ट्रियता झल्किएका उदाहरणहरु प्रशस्त छन् । देशको राजनीति समीकरण परिर्वतनको असर

केन्द्रदेखि प्रदेश हुँदै गाउँसम्म परिरहेका बेला झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपले राष्ट्रियतालाई अझ एकतावद्ध र बलियो बनाएको पाउन सकिन्छ ।
गत फागुन १९ गतेबाट जारी झापा गोल्डकपमा राष्ट्रिय झण्डालाई प्राथमिकताका साथ मैदानको चारै कुनामा फह¥याइएका कारण खेल मैदानमा राष्ट्रियता झल्किएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतको भनाइ छ । उनी भन्छन्– देशको गौरव राष्ट्रिय झण्डाले नेपालीलाई प्रफुल्लित र गौरवान्वित बनाएको छ । राष्ट्रिय झण्डाले हामी सबैको गौरव बढाएको छ ।

डोमालाल राजवंशी रंगशालामा ११ बटा राष्ट्रिय झण्डा फह¥याइएको छ । विगतका वर्षहरुमा स्टेजमा मात्रै सीमित रहेको राष्ट्रिय झण्डालाई यसपटक मैदानको सबै ठाउँमा राखिएको छ । देशप्रति नकारात्मक भाव बढीरहेका बेला देशको माया गर्नुपर्छ र स्थानीय खेलाडी तथा खेल मैदानको संरक्षणतर्फ सबै एकजुट भएर लाग्नु पर्छ भन्ने सन्देश दिनका लागि पनि राष्ट्रिय झण्डालाई महत्वकासाथ फह¥याइएको अध्यक्ष बस्नेतले बताए । आफ्नो देशको झण्डामा जो कोहीले पनि सम्मानका साथ शिर झुकाउँदै गौरवका साथ तस्बीर खिचाउने भएकाले पनि झापा गोल्डकपमा राष्ट्रिय झण्डालाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाइ छ ।

मानिस जुनसुकै आस्था र विचारको भए पनि खेलमा त्यो भन्दामाथि उठेर राष्ट्र र राष्ट्रियताका लागि हुने भएकाले पनि हरेक खेल मैदानमा राष्ट्रिय झण्डालाई प्राथमिकता दिनुपर्ने धेरैको वुझाइ छ । यसपटक झापा गोल्डकपले राष्ट्रिय झण्डालाई प्राथमिकता दिएको भन्दै खेल अवलोकन गर्न पुगेका दर्शकहरुले आयोजकलाई धन्यवाद दिएका छन् ।

झापा जिल्लालाई फुटवलको हवका रुपमा विकास गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको झापा गोल्डकपको जारी छैटौं संस्करणमा बिर्तामोडलाई सिङ्गारिएको छ । बिर्तामोडस्थित मुक्ति चौक हुँदै डोमालाल राजवंशी रांगशालासम्म पुग्ने मार्गको सरसफाई सहित विभिन्न रंग रोगन गर्दै सिंगारिएको छ । त्यसले फुटवल खेल हेर्नका लागि दर्शकलाई आकर्षित गर्ने अध्यक्ष बस्नेतले बताए । बिर्तामोडलाई सिङ्गार्न बिर्तामोड नगरपालिकासहित विभिन्न संघ–संस्थाको महत्वपूर्ण सहयोग र साथ रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here