झापा गोल्डकप: दर्शकको सहभागिता बढ्दो

0
19

बिर्तामोड ।

फुटबलको उर्वरभूमि झापाको बिर्तामोडमा सञ्चालित छैटौं संस्करणको झापा गोल्डकपमा प्रत्येकदिन फुटबलप्रेमी दर्शकहरुको सहभागिता बढ्न थालेको छ ।

नकआउटका आधारमा बिर्ताबजारस्थित डाोमालाल राजवंशी रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताको पाँचौं दिनको खेलमा दर्शकहरुको बाक्लो उपस्थितिले सहभागी दर्शकहरुको उपस्थिति अझ बढ्ने अनुमान गरिएको छ ।

दिनप्रतिदिन रोमाञ्चक खेल भइरहेकाले दर्शकहरुको उत्सााह बढ्न थालेको झापा गोल्डकपमा अध्यक्ष बिनोद बस्नेतले बताए । खेलको आकर्षण बढाउन आयोजक समितिले प्रत्येक दिन नयाँ–नयाँ व्यक्तित्वहरुलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने गरेको छ । प्रत्येक दिन फुटबलको माध्यमबाट झापालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन योगदान दिएका पूर्वखेलाडीहरुलाई सम्मान समेत गर्ने गरेको छ । यसले पूर्व खेलाडीहरुलाई झापा गोल्डकपसँग जोड्न र विगतका योग्दानहरुप्रति सम्मान गर्दै सभ्य समाजको निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मोफसलकै सर्वाधिक लोकप्रिय तथा सर्वाधिक नगद राशिसहितको झापा गोल्डकप हेर्न विभिन्न जिल्लाहरुबाट फुटबलप्रेमी दर्शकहरु आउने गरेको पाइएको छ । झापा गोल्डकपमा आएका दर्शकहरुलाई अध्यक्ष बस्नेतले पानी, चिया, चक्लेट, बिस्कुट, बदाम तथा जुस वितरण गर्दै सहभागी दर्शकको हौसला बढाउने गरेका छन् ।

उनी आफैं दर्शकहरुसँग पुगेर तस्वीर खिचाउनेदेखि दर्शकसँग आत्मीयता बढाउने गर्दछन् । अध्यक्ष बस्नेतको यो ब्यवहारले पनि दर्शकहरुलाई आकर्षित गरिरहेको छ भने अब्बल टिम र खेलाडीहरुको सहभागिताले खेलको रोमाञ्चकता पनि बढाउँदै लगेको छ ।

चारपटकको झापा गोल्डकपको उपाधि बिजेता त्रिभुवन आर्मी र मच्च्छिन्द्र फुटबल क्लबको खेल हेर्नका लागि बुधबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । बिहीबारको खेल आयोजक झापा–११ र एन्फा मनवानपुरबीच हँुदैछ । झापा– ११को सहभागिता रहने भएकाले झापाली दर्शकहरुको उत्साहजनक सहभागिता रहने आयोजकले विश्वास लिएको छ ।

यसपटकको प्रतियोगितालाई निकै ब्यवस्थित गरिएकाले दर्शकको उपस्थिति बढ्न थालेका जनाइएको छ । प्रतियोगितामा आजबाट क्वाटर फाइनलका खेल सकिने भएकाले पनि दर्शकको उपस्थिति बढ्न थालेको आयोजकले जनाएको छ ।

गोल्डकपमा बालबालिकादेखि वृद्धसम्मको आकर्षण

फागुन १९ गतेदेखि जारी झापा गोल्डकपमा बालबालिकादेखि वृद्धवृद्धाको समेत आकर्षण रहेको पाइएको छ ।

रंगशाालामा रहेका प्यारापिटमा बसेर उनीहरुले फुटबल खेलको मज्जा लिएको पाइएको छ । विश्वभर नै सर्वाधिक रुचाइएको फुटबल खेलप्रति सबै वर्गको चासो हुने गरेको छ । फुटबल खेलमा बालबालिकादेखि वृद्ध उमेरसम्म पनि उस्तै जोस र उत्साह रहने गरेको सहभागीहरुको भनाइ छ । फागुन २८ गतसम्म सञ्चालन हुने गोल्डकपमा टिकट काटेर प्रवेश गर्नेदर्शकहरुलाई लक्की ड्रमार्फत पुरस्कार प्रदान गर्ने गरिएको छ । आयोजकले रंगशालालाई थप व्यवस्थित गरेको अध्यक्ष बस्नेतको भनाइ छ ।

झापाको चिनारी झापा गोल्डकपः कार्की

पाँचौ दिनको झापा गोल्डकपको प्रमुख अतिथिको रुपमा रहेका एमालेका नेता एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले झापा गोल्डकप झापाको चिनारी भएको बताएका छन् । उनले डोमालाल राजवंशी रंगशालालाई व्यवस्थित गर्दै यसको विकासका लागि आफू सधै लाग्ने प्रतिबद्धता समेत जनाए ।

आयोजक झापा गाोल्डकपको मेहनत र अध्यक्ष बिनोद बस्नेतको खुलेर प्रशंसा गरेका पूर्व मुख्यमन्त्री कार्कीले बस्नेतको लिडरसिपको प्रशंसा गरे । उनले झापा गोल्डकपमा दर्शकको उत्साहजनक सहभागिता रहेका भन्दै खेलको विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्न प्रतिबद्ध रहेको जनाए । उनले रंगशालालाई गोल्डकप मातहत ल्याउनका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने भन्दै झापामा सञ्चालित यस्ता प्रतियोगिताले झापाको गौरव बढाउने दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here