कांग्रेस संसदीय दलको निष्कर्ष, माओवादीले गठबन्धन तोडेर राजनीतिक बेइमानी गर्‍यो

0
5

काठमाडौं।

नेपाली कांग्रेस संसदीय दलले माओवादी केन्द्रले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ।

प्रतिनिधिसभा बैठक बस्नुअघि बिहीबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले माओवादीले पूर्वसहमतिमा इमान्दारिता नदेखाएको र राजनीतिक बेमाइमानी गरेको निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी गठबन्धनको संस्कार, संस्कृति, मूल्य र मान्यता एवं गठबन्धन निर्माण गर्दा भएका सहमति इमान्दारितापूर्वक निर्वाह गरिराखेकै अवस्थामा उहाँहरु (माओवादी)ले अविश्वसनीय ढंगले गठबन्धन भत्काउने काम जुन गर्नुभयो । त्यो कुनै पनि हालतमा इमानदारिता होइन । त्यसकारण हामीले त्यसलाई राजनीतिक बेइमानी भनेका छौँ ।’

कांग्रेसले संघीय संसदमा प्रमुख प्रतिपक्षीको हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here