अर्जुनधारा जेसीज शनिश्चरेको उद्घोषण तालिम सम्पन्न

0
8

अर्जुनधारा ।

अर्जुनधारा जेसीज शनिश्चरे शाखाको आयोजनामा शनिबार एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष वसन्त बुढाथोकीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–७का वडाध्यक्ष गोविन्द खतिवडाले उद्घाटन गरेका थिए ।

बिर्ता लेडी जेसीजकी अध्यक्ष एवम् कार्यक्रमकी प्रमुख प्रशिक्षक मेनुका ओलीले प्रशिक्षण दिने तालिममा २५ जनाको सहभागिता रहेको शाखाका महासचिव मनोज सिटौलाले जानकारी दिए ।

कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष इन्दिवर खड्का, नेपाल उद्यमशिल महिला संघ अर्जुनधाराकी अध्यक्ष कञ्चन विन्दु खड्कालगायतले मन्तव्य राखेका थिए ।

शाखाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक टंक दाहालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here