हजुरआमाको हत्या आरोपमा नातिसहित चार जना पक्राउ

0
10

झापा । हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई पक्राउ गरेको छ ।
गौरादह नगरपालिका–७ निवासी नरमाया विकको हत्या गरेको आरोपमा नाति १७ बर्षीय धिरज विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

८२ बर्षीया विकलाई हत्या गरी नजिकै गाडेको र हजुरआमा हराएको भन्दै प्रहरीमा निवेदन परेपश्चात उनको खोजतलास गरिएको थियो । सो क्रममा नरमायालाई गत शिवरात्रीका दिन हत्या गरेर घरनजिकै खाल्डो खनी पुरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

प्रहरी उपरीक्षक केसीका अनुसार घटनामा संलग्न भएका आधारमा गौरादह–४का १४ बर्षीय अनिष दर्नाल, दमक–२ बेलडाँगीका १६ बर्षीय टंकराज दर्जी र गौरादह–७का राजु मल्लिकलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषधि (गाँजा) सेवन गरी उनीहरुले नरमायाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here