अरुणाचलमा सुरुङमार्ग माेदीले उद्घाटन गरेपछि चीनकाे टाउकाे दुखाई, विराेध शुरु

0
6

एजेन्सी ।

विवादित सीमामा भारतले सुरुङमार्ग बनाएको भन्दै चीनले कूटनीतिक विरोध जनाएको छ।

शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसामको तेजपुर र अरुणाचलको तवाङ जोड्ने सेला सुरुङमार्ग उद्घाटन गरेका थिए।

भारतनियन्त्रित अरुणाचल प्रदेशलाई चीनले आफ्नो दाबी गर्छ। जसलाई उसले दक्षिण तिब्बत (चाङनान) नाम दिएको छ।

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ‘चीनको चाङनानमा आफूखुसी निर्माणकार्य गर्ने अधिकार भारतलाई नभएको’ बताए। यसले सीमाको प्रश्नलाई अझ जटिल बनाउने र परिस्थिति बिथोल्ने पनि बताए।

‘चाङनान क्षेत्र चिनियाँ भूमि हो। चीन सरकारले कथित अरुणाचल प्रदेशलाई कहिल्यै मान्यता दिएको छैन,’ उनले भने, ‘चीन–भारत सीमाको पूर्वी भागमा भारतीय नेताको भ्रमणको चीन कडा निन्दा र विरोध गर्छ। सीमा समस्या अझै समाधान हुन बाँकी छ।’

यो सुरुङ ३ हजार ९६० मिटर उचाइमा निर्मित छ। यसले लाइन अफ एक्चुअल कन्ट्रोलमा भरातीय सेना र हतियारको ओसारपसारलाई सहज तुल्याउनेछ।

जुन २०२० मा भएको झडपमा दुवै पक्षबाट हताहती भएयता चीन र भारत सैन्य तनावमा छन्। झडप हुन नदिन उनीहरुबीच कर्प्स कमान्डर तहमा २१ वार्ता भइसकेको छ।

मोदीले २०१४ मा सत्ता सम्हालेयता भारतीय सेनाको शक्ति सुदृढीकरण गरिरहेका छन्। क्वाडमा प्रवेश गरेर उनले भारतलाई रणनीतिक रुपमा पश्चिमनिकट पु¥याएका छन्।

चीनले १६ महिनायता भारतमा राजदूत समेत पठाएको छैन। नोभेम्बर २०२२ मा दिल्लीस्थित राजदूत सुन वेइदोङलाई उपविदेशमन्त्रीमा बढुवा गरेपछि सो पद खाली छ। एससीएमपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here