लक्ष्मी नारायण मन्दिरको पुराणको आयव्यय सार्वजनिक

0
7

बुधबारे ।

लक्ष्मी नारायण मन्दिर बुद्धशान्ति–१ झापाले पुराणको आयव्यय सार्वजनिक गरेको छ । गत फागुन २ गतेदेखि १० गतेसम्म आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धान्यचल महोत्सव साथै दशौं ब्रम्होत्सव कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको हो ।

शनिवार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गर्दै पुराणको आयव्यय सार्वजनिक गरिएको हो । मन्दिर समितिका अध्यक्ष नारदमणी चापागाईंको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा े आयव्यय सार्वजनिक गरिएको हो ।

बिं.सं. २०१६ सालमा स्थापना भएको मन्दिरमा गत बर्षदेखि गुरुकुल समेत सञ्चालन गरिएको छ । उक्त गुरुकुलमा १६ जना विद्यार्थीहरु आवासिय रुपमा रहेका छन् ।गुरुकुललाई थप व्यवस्थापन गर्न पुराणको आयोजना गरिएको अध्यक्ष चापागाईंले बताएका छन् । पुराणबाट ३ लाख रुपैँया सापटी फिर्ता गरी २१ लाख ३४ हजार ३७९ आम्दानी भएको बताइएको छ । त्यस्तै ब्रम्होत्सवमा २ लाख ५९ हजार ७५० आम्दानी भएको अध्यक्ष चापागाईंले बताएका छन् ।

१ लाख सापटी फिर्ता गरी पुराणमा १२ लाख ४२ हजार ८३६ रुपैँया खर्च भएको छ । साथै ब्रम्होत्सवमा भने ९० हजार ७०५ खर्च भएको मन्दिर समितिका कोषाध्यक्ष मधुसुधन पौडेलले बताएका छन् । उनले पुराणको खर्च कटाएर ८ लाख ९१ हजार ५४३ बचत भएको बताए ।

ऋाय व्यय सार्वजनिक कार्यक्रममा बोल्दै वडा अध्यक्ष वाग्लले मन्दिरमा सञ्चालन भएको गुरुकुलका लागि वडा तथा गाउँपालिकाले सक्ने सहयोग गर्ने बताए । उनले संस्कार र संस्कृति सिकाउने माध्यम गुरुकुल भएको भन्दै विद्यार्थी संख्यालाई बढाउँदै स्थानीय बालबालिकाहरुलाई पनि संस्कृत भाषा सिक्न कम्तिमा हप्तामा एकदिन संस्कृत कक्षा सञ्चालन गर्न सुझाव समेत दिएका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष ज्ञाननाथ पौडेल, युवा संयोजक नेत्र बाँस्तोला, पूर्व सदस्य दुर्गा आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समितिका सदस्य हरिप्रसाद पौडेलले स्वागत गरेका थिएभने सञ्चालन सचिव दुर्गादेवी खतिवडाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here