सवारी र्दुघटनामा एक जनाको मृत्यु

0
6

झापा ।

झापाको गौरीगञ्ज स्थित हुलाकी राजमार्गमा तीनजना सवार मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय अकालु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन् ।

गौरीगञ्ज- १ मा गयराति सवा ९ बजेको पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट साईकल यात्री माझीको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

त्यस्तै मोटरसाइकलमा सवार गौरीगञ्ज–१ बस्ने अन्दाजी ३५ वर्षीय खोदनारायण महतो, सोही ठाउँका अन्दाजी २५ वर्षीय रतनसिंह राजवंशी र अन्दाजी २२ वर्षीय विकास महतो गम्भीर घाइते भएका छन् ।

घाइते खोदनारायणको बीएण्डसी अस्पताल बिर्तामोड, रतनसिंहको निम्स अस्पताल दमक र विकासको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here