झापामा सवारी ज्यान र लागूऔषध मुद्दाका दुई जना फरार पक्राउ

0
6

झापा ।

झापामा सवारी ज्यान र लागू औषध मुद्दाका दुई फरार अपराधी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-७ भई हाल दमक नगरपालिका- ८ बस्ने ३४ वर्षीय तिलमान चेम्जोङ र बुद्धशान्ति गाउँपालिका- १ का २७ वर्षीय सन्देश नेम्वाङ रहेका छन् ।

झापा जिल्ला अदालतले सवारी ज्यान मुद्दामा चेम्जोङलाई १० दिन र नेम्बाङलाई ६ महिना कैद सजाय तोकेको थियो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here