बिर्तामोडमा मोटरसाइकल चोरी गर्दा गर्दै…

0
6

झापा ।

झापाको बिर्तामोड नगरपालिका–४ मुनाल टोलबाट मोटरसाईकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको पल्सर १५० सीसीको कालो निलो कलरको मे ८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका–५ का २७ बर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गर्दा गर्दै प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here