बसले किचेर सहचालकको मृत्यु

0
5

संखुवासभा ।

संखुवासभाको चैनपुर नगरपालिका–६ जिरो पईन्टस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका–६ पात्लेखोला का ३० बर्षिय मनोज खड्काको मृत्यु भएको छ ।

नुनढाकीबाट ईटहरीतर्फ जादै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

बस र चालक धनकुटाको साँगुरीगढी गाऊँपालिका–१ का ३३ बर्षिय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here