भेनियर व्यवसायीद्वारा कर घटाउन माग

0
10

झापा ।

प्लाईउड बनाउन प्रयोग गरिने कच्चा पदार्थ कोरभेनियर (भेनियर पाता) भारत निकासीमा लगाइएको कर घटाइनु पर्ने माग सहित नेपाल भेनियर उत्पादक संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्ँतोलामार्फत प्रधानमन्त्री दाहाललाई तीन बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो । नेपाल भेनियर उत्पादक संघका केन्द्रीय अध्यक्ष दीपक पााण्डे लगाायतका व्यवसायीको उपस्थितिमा प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै भेनियर पाता भारत निकासीमा लगाएको प्रतिकेजी ६ रुपैयाँ दररेटलाई घटाएर ३ रुपैयाँ कायम गरिनु पर्ने, स्वदेशी प्लाईउड उद्योगहरुमा मात्र नेपालमा उत्पादित भेनियर खपत हुन नसक्ने भएकाले भेनियर पाता भारत मात्र नभई तेस्रो देशसम्म नै निकासी हुने बातावरण निर्माणका लागि पहल गर्नु पर्ने माग अघि सारिएको छ ।

त्यस्तै सरकारले प्लाईउड उद्योगको उत्पादनलाई निर्यातमा ६ प्रतिशत अनुदान दिँदै आएको र भेनियर उद्योगले उत्पादन गरेको सामग्री निर्यातमा उल्टै उच्च राजश्व लिँदै आएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । सरकारको नीतिका कारण वर्षेनि ठूलो मात्रामा राजश्व गुमिरहेको यर्थाथलाई दृष्टिगत गरी राजश्वको स्रोत बलियो बनाउन भेनियर उद्योगद्वारा उत्पादित कोरभेनियर पत्ता सिधै र नियमित निर्यात भइरहने नीति निर्माणमा विशेष ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

हाल नेपालमा १५० वटा भेनियर उद्योग सञ्चालनमा रहेको र ८० हजार भन्दा बढी मजदुरले प्रत्यक्ष र परोक्ष रुपमा रोजगारी पाइरहेको यो व्यवसायलाई धरासायी बनाउन राज्य नै लागेको संघका केन्द्रीय अध्यक्ष पाण्डेको भनाइ छ ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाएसँंगै धुलावारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै भेनियर उत्पादक संघका पदाधिकारीले भेनियर उद्योगलाई धरासायी बनाउन चलखेल भइरहेको भन्दै चिन्ता ब्यक्त गरे ।

कोरभेनियर पाता निकासी हुँदा दैनिक दुई करोड रुपैयाँ बन्दा बढी विदेशी मुद्रा आर्जन गरिरहेको र नेपाल सरकारले दैनिक ४५ लाख रुपैयाँ राजश्व प्राप्त गर्ने गरेको संघका महासचिव दिनेश शाक्यले बताए । तर, भन्सार विभाग र राजश्व विभागका कर्मचारीहरुसंँगको चलखेलमा भेनियर उद्योगलाई धरासायी बनााउने गरी कोरभेनियर निकासीमा कर बढाएको उनको भनाइ छ ।

नेपालभित्र ठूलो मात्रामा रोजगारीको अवसर सृजना गर्ने, कृषि उपज निकासी गरेर किसानको आर्थिकस्तर वृद्धि गर्ने, वैदेशिक मुद्रा भित्र्याउने र राजश्व बढाउन योगदान दिने भेनियर उद्योगलाई धरासायी बनाउन कसैको उक्साहटमा नलाग्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले राजश्व चुहावटमा नेपााल सरकारका कर्मचारी नै लागीपरेकाले यसलाई रोक्नु पर्ने बताए । उनले प्लाईउड उद्योगले बेन्सो र भेनियर राखेर कच्च पदार्थ उत्पादन गर्दै आएकाले भेनियर उद्योगले उत्पादन गरेको कच्चा पदार्थ कोरभेनियर खरिद नगर्दा समस्या सृजना भएको बताए ।

त्यस्तै भेनियर उद्योग संघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद न्यौपानेले हाल व्यवसायीले भोग्नु परेका समस्याहरुको विषयमा पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here