लागूऔषध नियन्त्रण गर्न नयाँ रणनीति

0
11

बिर्तामोड ।

चालू आर्थिक वर्षको आठ महिनामा २५ महिला र दुई सय ३९ जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालबालिकादेखि प्रौढ उमेर समूहका रहेका छन् ।

दिनप्रतिदिन झापामा लागूऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या बढ्दै गएसँगै लागूऔषध नियन्त्रणका लागि प्रहरी एक्सनमा उत्रिएको छ । भविष्यमा हुनसक्ने भयावह अवस्थालाई रोक्न झापाका १५ वटै पालिकासँग सहकार्य गर्दै प्रहरीले लागूऔषध न्यूनीकरणका लागि विशेष रणनीति नै बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मंगलवार बिर्तामोडमा पालिका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिसँग लागूऔषध नियन्त्रणका लागि कार्यक्रमको आयोजना ग¥यो ।

लागूऔषध नियन्त्रण ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक गोविन्द थपलियाले सहजीकरण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कबीन्द्र राई, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, उद्योग वाणिज्य संघका पदाधिकारी, जिल्लाका सरोकारवाला निकायका पदाधिकारीको उपस्थितिमा बिर्तामोडस्थित अतिथिसदनमा लागू औषधको बढ्दो ओसारपसार र सेवन रोक्न अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।

जिल्ला समवन्य समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीले लागूऔषध नियन्त्रणका लागि आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, दमक नगर प्रमुख राम थापा, शिवसताक्षी नगरप्रमुख मेघाहाङ थोप्रा, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी लगायतले लागूऔषध नियन्त्रणका लागि स्थानीय तहको तर्फबाट पहल गरिने धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here