१४१ जना डीएसपीको सरुवा, बिर्तामोडमा प्रकाश विष्ट आउँदै

0
7

झापा ।

नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जसअनुसार खाली रहेको जिल्ला प्रहरी कार्यालय झापामा कृष्णकुमार चन्द आउने भएका छन् । उनी प्रहरी वृत्त चापागाउँ ललितपुरबाट आउने भएका हुन् । डिएसपी खगेन्द्रप्रसाद रिजाल सेवा निवृत्त भएपछि जिल्ला प्रहरी कार्यालयमा डिएसपी थिएन ।

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रकाश विष्ट आउने भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट आउने भएका हुन् । हालका डिएसपी सुरज कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकमा नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम विकास शाखा भरतपुरबाट निशान थापा आउने भएका छन् । हालका डिएसपी मनोजकुमार लामाको अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा सरुवा भएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा नेपाल प्रहरी प्रधान कार्यालयबाट मिनबहादुर थापा आउने भएका छन् । काँकरभिट्टाका डिएसपी दीपक भारतीको साइबर अपराध अनुसन्धान शाखामा सरुवा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here