जुकेखाडीमा देखिएको निर्वाचन मत परिणामको विवाद समाधान

0
4

अर्जुनधारा ।

गत चैत ५ गते सम्पन्न झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन मत परिणामको विषयमा देखिएको समस्या समाधान भएको छ ।

समूहको ५ वटा क्षेत्रमध्ये क्षेत्र नं.४ ‘ख’को मतदान केन्द्रमा खसेको मत र सार्वजनिक भएको मत परिणामको तथ्याङ्कमा फरक परेको भन्दै उपभोक्ताहरुबिच चर्चा शुरु भएपछि समस्या सृजना भएको थियो ।

मत परिणामको समस्यालाई समाधान गर्न गत चैत ८ गते सम्पन्न निर्वाचन आयोग र निर्वाचन सम्बन्धी समस्या समाधान गर्न बनेको सर्वदलीय समितिको संयुक्त बैठकले मत परिणामको अंक जोड्दा भएको त्रुटीलाई सच्याउँदै नयाँ निर्णय सार्वजनिक गरेसँगै समस्या समाधान भएको आयोगका संयोजक दिपीन राईले जानकारी दिए ।

संयोजक राईको अध्यक्षतामा बसेको बैठकमा क्रमश अर्जुनधारा–३, ४ र ७का वडाध्यक्षहरु सीताराम भट्टराई, अम्बरबहादुर कटुवाल र गोविन्द खतिवडा, नगर सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका अध्यक्ष भानुभक्त श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी विवाद समाधान समितितर्फ नेकपा एमालेका लोकमान श्रेष्ठ, नेपाली काँग्रेसका हेमप्रसाद खरेल, नेकपा माओवादी केन्द्रका नारद दुःखी, राष्ट्रिय स्वतन्त्र पार्टीका लोकनाथ खतिवडा, राप्रपाका यामकुमार बाँस्कोटा, नेकपा (एकीकृत समाजवादी)का प्रेमसागर सापकोटा, राष्ट्रिय जनमुक्ति पार्टीका धनबहादुर राईलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here