समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याऊ

0
5

आगामी बैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ । २०८० को चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरेर सकिने जनक शिक्षा सामग्री केन्द्रले प्रतिबद्धता जनाए पनि वास्तविकता त्यस्तो छैन । केन्द्रले ६ कक्षादेखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको भने शैक्षिक सत्र २०८१ शुरु हुँदा नयाँ भर्ना अभियान कै क्रममा विद्यार्थीका हात–हातमै पाठ्यपुस्तक पुग्नुपर्ने नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

शैक्षिक सत्र २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष पहल र निर्देशनमा समयमै धेरैजसो विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध भएको थियो भने सो भन्दा अगाडिका शैक्षिक सत्रहरुमा पुरै शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था धेरै जिल्लामा हुने गथ्र्याे । समयमै विद्यार्थीकै हातमा पाठ्यपुस्तक पु¥याउने काय प्रशंसनीय कार्य थियो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले बैशाख शुरुदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ । यस वर्ष सबै कक्षाका नयाँ पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक छापिएका छन् ।

पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक गाइड, विशिष्टीकरण तालिका लगायतका सम्पूर्ण पक्षको व्यवस्थापन गर्ने जिम्मेवार सरकारी निकाय पाठ्यक्रम विकास केन्द्र हो । पाठ्यक्रम विकास केन्द्र (सीडीसी)का अनुसार आउँदो शैक्षिक सत्रमा कुनै पाठ्यपुस्तक कमी हुने छैन । कथनी र करनीमा आकास जमिनको फरक हुने नेपाली परम्परा नै छ । केन्द्रका अनुसार चैत्रको अन्तिम हप्तासम्ममा मुलुकका प्रायः सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको हुनेछ । गत साल झैं हिमाली र पहाडी जिल्लालाई पहिलो र दोस्रो प्राथमिकतामा राखिएको छ भने तराई र काठमाडौं उपत्यकाका विद्यालयलाई त्यसपछिको प्राथमिकताको क्रममा राखिएको छ । अहिलेको समय भनेको सबैले चनाखो हुने बेला हो ।

मुख्य पाठ्य सामग्रीका रूपमा परिभाषित पाठ्यपुस्तकलाई धेरै शिक्षक, विद्यार्थी र अभिभावकले एउटै मात्र शैक्षिक सामग्रीका रूपमा बुझ्ने गरेका छन् । अपवादबाहेक आउने शैक्षिक सत्रमा विद्यार्थीले भर्ना हुनेबित्तिकै पुस्तक पाउने छन् । तर, पुस्तकको सेट किन्दा एक, दुई वटा अपुग हुन सक्छ । यस्तो अवस्थालाई पुस्तक अभाव भयो भन्न मिल्दैन । विगतमा कर्णालीका विद्यार्थीले वार्षिक परीक्षा दिने समयसम्ममा पनि पूरै पाठ्यपुस्तक पाउँदैन थिए । डोल्पा, हुम्ला, मुगु लगायतका जिल्लामा पहिलो पटक समयमा पाठ्यपुस्तक पुगेको छ । अब करिब दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेकाले एक हप्ताभित्र छपाइ सकिने छ । छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाउनेक्रम पनि जारी रहेकाले सरकारको योजना अनुसार नयाँ शैक्षिक सत्रको शुरुवातमा विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने विश्वास गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here