नगरप्रमुख बुढाथोकीद्वारा नदिजन्य पदार्थ उत्खननको निरीक्षण

0
6

मेचीनगर ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नदिजन्य पदार्थ उत्खननको निरीक्षण गरेका छन् ।

आइतबार बिहान नगरप्रमुख बुढाथोकीले मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल सहित मेचीनगर क्षेत्रमा पर्ने निन्दा र टिमाई खोलाको निरिक्षण गरेका हुन् ।

मेचीनगरले करिब एक महिना अघि मात्रै नदिजन्य पदार्थ उत्खनन (ढुङ्गा, गिटी बालुवा) ठेक्का लगाएको थियो । नदिजन्य पदार्थ उत्खनन गर्दा जनतालाई सिचाइलगायतका समस्याहरू नआउन र मापदण्डअनुसार नै नदिजन्य पदार्थ उत्खनन होस् भन्नका लागि निरिक्षण गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

त्यस्तै निन्दा र टिमाई खोलाको निरिक्षणका क्रममा अहिले समस्या नदेखिएको भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल बताउँछन् । उनले आगामी दिनमा पनि समस्या नआउने गरि कार्य गर्न ठेकेदारलाई सुझाव दिइएको बताए ।

करिब १ महिना अघि निन्दा खोला कर बाहेक रू १ करोड ३० लाख ६० हजार घनमिटर र २२ दिन अघि टिमाई खोला कर बाहेक रू ४५ लाखमा २१ हजार घनमिटर उत्खनन गर्नेगरी ठेक्का लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here