बिद्युतीय गाडीमा आकर्षण बढेसँगै बैंकका प्रमुख तथा प्रतिनिधिसँग बिर्तामोडमा अन्तरक्रिया

0
8

बिर्तामोड । पछिल्लो समय बिद्युतिय सवारी साधनमा उपभोक्ताको आकर्षण वढ्दै गएको छ ।
पेट्रोलियम पदार्थको असजता तथा मूल्यबृद्धिसँगै उपभोक्ताको बिद्युतीय सवारी साधनमा आकर्षण बढेको हो ।


उक्त कुरालाई ध्यानमा राख्दै चौधरी ग्रुपको सिजी मोटर्स प्रालिको आधिकारिक बिक्रेता फोटेक्स डिस्ट्रिब्यूटर प्रालिले बिर्तामोडमा झापाका बैंकका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ ।
बैंकहरुले बिद्युतीय गाडीमा लगानी गर्ने उदेश्यका साथ झापा भरीका १५ वढी बैंकका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा प्रालिले अन्तरक्रिया कार्यक्रम गरेको कम्पनीकी सह–संस्थापक रुशा खानलले जानकारी दिइन् ।
नेटा, किङलङ र केवाइसी कम्पनीका इलेक्ट्रिक गाडी बिक्री बितरण गर्दै आएको फोटेक्सको झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका लागि आधिकारिक बिक्रेता हो । फोटेक्सको कार्यालय बिर्तामोड–५ शनिश्चरे रोडस्थित महानन्द चोकमा रहेको छ ।
बैंकहरुका प्रमुख तथा प्रतिनिधिहरुलाई फोटेक्स डिस्ट्रिब्यूटर प्रालिका सह–संस्थापक सुवास निरौलालले प्रस्तुतीकरण दिएका थिए । उनले कम्पनी, कम्पनीको समुह, वर्कशप, बिद्युतीय गाडीमा लगानी गर्दा बैंकहरुलाई हुने फाइदालगायतका बिषयमा प्रस्तुतीकरण दिएका थिए ।
फोटेक्स डिस्ट्रिब्यूटर प्रालिका संस्थापक डा. रुपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा एक्सेल डेभलोपमेन्ट बैंकका उपप्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन फोटेक्स डिस्ट्रिब्यूटर प्रालिकी सह–संस्थापक रुशा खनालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here