भट्टराईको स्वास्थ्य लाभको कामना गर्दै इक्यान झापाको सहयोग

0
11

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्ना सदस्यलाई सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गर्दै स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका पूर्व सल्लाहकार तथा कन्सलटेन्सी ब्यवसायी शंकर भट्टराईको स्वास्थ्यमा समस्या देखिए संगै उनको उपचारमा सहयोग गर्दै स्वास्थ्य लाभको कामना गरेको हो ।

झापको कांकरभिट्टामा लक्ष्मी एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरिरहेको भट्टराईलाई सन् २०१८ मा क्यान्सर रोगको संक्रमण फेला परेको थियो । त्यस लगत्तै उनले भारतमा गएर निरन्तर उपचार गरिरहेको र हाल सम्म पनि उनको उपचार जारी रहेको बताइएको छ । उनको स्वास्थ्य लाभको कामनासहित आइतबार उनको निवासमा इक्यान झापाको टोली पुगेको थियो ।

भट्टराईको स्वास्थ्य लाभको कामना गर्दै इक्यान झापाका समाजिक उत्तरदायित्व प्रमुख प्रकाश पराजुलीले इक्यान झापाले आफ्ना सदस्यलाई सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गर्नुका साथै हरेक क्षेत्रमा साथ दिदैं आएको बताए । उनले भट्टराईको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले रोगलाई परास्त गर्नका लागि आत्मबल सबैभन्दा ठूला भएकाले रोगसंग लड्नका लागि हौसला प्रदान गर्नका लागि इक्यान झापाको टोली आएको बताए । इक्यान झापाका सचिव अशोक भण्डारीले इक्यानमा आवद्ध सबैलाई रहेक सुख दुःखमा साथ दिनका लागि संस्था आवश्यक पर्ने भएकाले क्यान्सर विरुद्ध भट्टराईलाई लड्नका लागि हौसला दिनका लागि आफुहरु आएको बताए ।

क्यान्सर पिडित भट्टराईले इक्यानको टोली आर्थिक सहयोगसंगै हौसला प्रदान गर्नका लागि आएको भन्दै खुशी ब्यक्त गरे । उनले इक्यान झापाको टोली घरमै आएर रोग विरुद्ध लड्न हौसला प्रदान गरेको भन्दै आफुमा आत्मबल बढ्को प्रतिक्रिया दिए र रोगलाई परास्त गर्दै आफु पनि इक्यानका हरेक गतिविधिमा सरिक हुन इच्छुक रहेको भन्दै यस्ता हौसलाले जटिल रोग पनि परास्त गर्न सकिने विश्वास ब्यक्त गरे ।

सन् २००८ बाट कन्सलटेन्सी ब्यवसाय शुरु गरेका भट्टराईलाई सन् २०१८ मा क्यान्सर रोग देखा परेको थियो । त्यस पछि उनी भरतमा निरन्तर रुपमा उपचार गर्दै आइरहेका छन् । उनको स्वास्थ्यमा अहिले उल्लेख्य रुपमा सुधार आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here