सुनकोशीमा तीन बालबालिका बेपत्ता

0
6
उदयपुर,
उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् ।
 उनीहरु नुहाउन नदीमा जाँदा आज दिउँसो वेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा  त्रियुगा –१४ साउनेका ११  वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।
त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु आज दिउँसो होली खेलेर  सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन्  । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।
 जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको  खोजी जारी राखेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here