सिनजियाङमा उइगर मुस्लिमलाई उत्पीडन गरेको भन्दै सयुक्त रास्ट्रमा चर्चा

0
3

एएनआई, जेनेभा ।

चीनले सिनजियाङमा उइगर मुस्लिमलाई उत्पीडन गरिरहेको छ । मानवअधिकारकर्मी शुनिची फुजिकीले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५५औँ बैठकमा यस्तो आरोप लगाएका हुन् । उनले सिनजियाङमा उइगरहरूमाथि भइरहेको व्यवहारप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। चीनबाट यहाँ जान अनुमति नपाएको उनले बताए ।

शुनिचीले चीनले उइगर मुस्लिमहरूको पहिचान र संस्कृति मेटाउने प्रयास गरेको आरोप पनि लगाएका छन्। उनले यहाँका व्यापारिक केन्द्रहरु हिरासत केन्द्रका रुपमा चलिरहेको बताए । यसविरुद्ध तत्काल कारबाही गर्न उनले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्लाई आग्रह गरेका छन् ।

उनले अन्वेषकहरूका लागि सिनजियाङमा पहुँचको व्यवस्था गर्न अपील गरे। मनमानी ढंगले थुनामा राखिएकाहरुको रिहाईको साथै यातना र जबर्जस्ती श्रम गरेको आरोपको बृहत् अनुसन्धान गर्न समेत माग गरेको छ ।

उनले सिनजियाङमा जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा प्रतिबन्ध लगाउने कानुन बनाउन पनि सदस्य राष्ट्रहरूलाई आग्रह गरे। उइघुर समुदाय दमनकारी परिस्थितिमा बाँचिरहेको हुँदा उनले निर्णायक कदमको तत्काल आवश्यकतामा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here