जिल्लाका ४४ बढी संघ संस्थाद्वारा डीएसपी कार्कीलाई सम्मान सहित विदाई

0
13

झापा । इलाका प्रहरी कार्याालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई बिर्तामोड उद्योग वाणिज्य संघसहित चार दर्जन भन्दा धेरै संघ संस्थाले बिदाई गरेका छन् ।
अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न सफल भएको भन्दै कार्कीलाई जिल्लाका चार दर्जन भन्दा धेरै संघ संस्थाले एकसाथ सम्मान सहित बिदाई गरेका हुन् । कार्की १४ महिना अघि इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका थिए । उनी हालै जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा मंगलवार आयोजित कार्यक्रमकाबीच प्रहरी नायव उपरीक्षक कार्कीलाई सम्मान सहित बिदाई गरिएको थियो ।
सम्मानित कार्कीको सम्मान पत्र महिला उद्यमी पार्बता विमली खरेलले बाचन गरेकी थिइन् । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्ब अध्यक्ष बलराम कार्कीले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेत, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपाने सहित संघका पदाधिकारीको उपस्थितमा भएको कार्यक्रमको सञ्चालन संघका नव निर्वाचित महासचिव कुशल खतिवडाले गरेका थिए ।
यस अघि लायन्स क्लव अफ कनकाई सुरुङ्गाको आयोजनामा प्रहरी नायव उपरीक्षक कार्कीको बिदाई गरिएको थियो । विदाई कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका संथापक अध्यक्ष तथा लायन्सका क्याविनेट सेक्रेटरी लीलाप्रसाद चिमरिया, लायन्सका पूर्व अध्यक्ष रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान, साजन थापा, मनोज बस्नेत, पत्रकार महासंघ कोशीका कार्यसमिति सदस्य लीलाराज झापाली, इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरीक्षक प्रविण भट्टराई, सुरुङ्गा ट्राफिक प्रहरी कार्यालय प्रमुख टंकप्रसाद दाहाल लगायतले बिदाई गरेका थिए ।
लायन्सका तर्फबाट क्याविनेट सेक्रेटरी लीला चिमरियाले कार्कीलाई नेपाली टोपी , खादा, माला र मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रम सञ्चालन लायन्सका पूर्व अध्यक्ष तथा प्रेस क्लव कनकाई सुरुङ्गाका सचिव मनोज बस्नेतले गरेका थिए ।

 

अपराध अनुसन्धानमा अब्बल डीएसपी सुरज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here