व्हीलचेयरमा विश्व भ्रमण गर्दै सन्देश

0
10

विमल दहाल, इलाम ।

इलामका एक युवक देशको माटो छर्दै व्हील चेयरमा बिश्व भ्रमण गर्दै रहेका छन्। उनी बुधवार १३ मुलुकको भ्रमण सकेर थप भ्रमणका लागि आर्थिक संकलन गर्न माई नगरपालिका आईपुगेका छन।

इलाम नगरपालिका वडा नम्बर-८ घर भएका २५ बर्षिय सन्देश रम्तेल विश्व शान्तिको कामना सहित नेपालको माटो लिएर विश्व भ्रमण निस्किएका हुन्। पशुपतिनाथ मन्दिर, लुम्बिनी र किराँत धार्मिक स्थल इलाम लारुम्वाको माटो लिएर बिश्व भ्रमणमा निस्किएको रम्तेलले बताए ।

उनी सम्भब भए सम्म सबै मुलुकमा व्हीलचेयरमानै यात्रा गर्दै रहेको बताए। बिश्वका १७१ देशकै भ्रमण गर्ने सोचका साथ भ्रमणमा निस्किएका रम्तेल हाल सम्म एसियाका ८ देश र युरोप अमेरिकाका ५ देश गरि १३ देशको भ्रमण गरिसकेको वताएका छन्।

आर्थिक संकलन गरेर थप मुलुक भ्रमण निस्कने सोच बनाएका रम्तेल आर्थिक सहयोग अपेक्षा सहित माई नगरपालिका आई पुगेका हुन्। रम्तेलको ४ बर्षअघि मोटर साइकल दुर्घटनामा परि स्पाईनल इन्जुरी भएका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here