शिवसताक्षीको ५९४९ जनाले कहिले पाउलान् धनीपूर्जा ?

0
12

सेलिङ केसी,
शिवसताक्षी।

जग्गा धनी प्रमाण पूर्जा हात्ती आयो हात्ती आयो फुस्सा सावित भएको छ । यो सिलशिला ५० वर्षदेखि यता देखिको हो । जग्गा धनी प्रमाण पूर्जाका लागि भूमिहीनहरुले अन्तिम आवेदन दिए लगत्तै राष्ट्रिय भूमि आयोग विघटन भएपछि जनताहरु अन्यौलमा परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिकामा जग्गा धनी प्रमाण पूर्जा प्राप्तिका लागि हालसम्म ५ हजार ९ सय ४९ जनाले आवेदन दिएका छन् । राष्ट्रिय भूमि आयोग ताहाचल काठमाडौंले स्थानीय सरकारलाई परिपत्र गरेअनुसार झापाको शिवसताक्षी नगरपालिकाले समेत भूमिहीन, दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि आवेदन फारम भराउने कार्य चैत्र ५ गते सम्पन्न भएको थियो ।

अन्तिम समय अवधिसम्ममा नगरमा रहेका भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी, दलित भूमिहीन लगायतका ५ हजार ९ सय ४९ जनाले सम्बन्धित वडा कार्यालयहरुमा आवेदन दिएको प्रत्येक वडाका वडा अध्यक्षहरुले जानकारी दिएका छन् । जसअनुसार शिवसताक्षी नगरपालिका वडा नं. १ मा ३१५ जना, वडा नं. २ मा ३४७ जना र वडा नं. ३ मा २२६ जनाले जग्गा धनी प्रमाण पूर्जाका लागि आवेदन दिएका छन् ।

त्यस्तै वडा नं. ४ मा ३० जना, वडा नं. ५ मा ४३ जना, वडा नं. ६ मा १८१ जना, वडा नं. ७ मा ९५४ जनाले आवेदन दिएका छन् । त्यसैगरी वडा नं. ८ मा ७५३ जना, वडा नं. ९ मा ४२८ जना, वडा नं. १० मा १३०९ जना र वडा नं. ११ मा १३६३ जनाले जग्गा धनी प्रमाण पूर्जाका लागि सम्बन्धित वडा कार्यालयहरुमा आवेदन दिएका छन् । अघिल्लो आयोगले माग गरेको निवेदनको संख्या यसभन्दा बढी रहेको थियो भने यो आयोगबाट माग गरिएको आवेदन एकाघर परिवारको मात्र भएकोले कम देखिएको हो ।

दुई हप्ता अघि शिवसताक्षी नगरपालिकामा जग्गा धनी प्रमाण पूर्जाका लागि सबै वडाहरुमा ४ हजार ६ सय ५९ जनाले सम्बन्धित वडा कार्यालयहरुमा आवेदन दिएका थिए । जसअनुसार वडा नं. १ मा २४५ जनाले आवेदन भरेका थिए । त्यस्तै वडा नं. २ मा २०० जना, वडा नं. ३ मा २०० जना, वडा नं. ४ मा छुटेका १५ जनाले आवेदन दिएका थिए । वडा नं. ४ मा यसअघि २९८ जनाले जग्गाधनी प्रमाण पूर्जाको लागि आवेदन दिएका थिए, जसअनुसार अव्यवस्थित बसोबासी २०३, दलित भूमिहीन २१ र भूमिहीन सुकुम्बासी ७४ रहेका थिए ।

त्यस्तै वडा नं. ५ मा भूमिहीन सुकुम्बासी १९ जना, अव्यवस्थित बसोबासी ५ जना गरी २४ जनाले छुटमा आवेदन दिएका थिए । यसअघि १४९ जनाले आवेदन दिएका थिए । जसअनुसार अव्यवस्थित बसोबासी ७६, भूमिहीन सुकुम्बासी ७९ जना र दलित भूमिहीन ४ जना रहेका थिए । त्यसैगरी वडा नं. ६ मा १५० जना, वडा नं. ७ मा ३४५ जनाले आवेदन दिएका थिए । त्यस्तै वडा नं. ८ मा ३४५ जनाले आवेदन दिएका थिए ।

त्यसअघि भूमिहीन सुकुम्बासी २३ जना, अव्यवस्थित बसोबासी ४ जना र दलित भूमिहीन १६ जनाले आवेदन दिएका थिए । त्यसैगरी वडा नं. ९ मा २७० जना, वडा नं. १० मा १२५० र वडा नं. ११ मा १०५० जनाले जग्गाधनी प्रमाण पूर्जा प्राप्तिका लागि आवेदन दिएका थिए ।

सरकारको नेतृत्व परिवर्तनसँगै राष्ट्रिय भूमि आयोग विघटन भएकाले जनताहरु अन्यौलमा परेका छन् । यद्यपि सरकारको प्रमुख नेतृत्व पुरानै भएकाले उक्त सरकारले पुनः अर्को राष्ट्रिय भूमि आयोग गठन गर्न सक्ने र परेको निवेदनहरु माथि कार्यान्वयन हुन सक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here