मोटरसाइकल दुर्घटनामा परी घाइते भएका न्यौपानेको मृत्यु

0
6

झापा ।

१२ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति-५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।

गत चैत ६ गते राति १२.३० बजेको समयमा बुद्धशान्ति ५ खारखोलास्थित मदन भण्डारी राजमार्गमा बुधवारेबाट खारखोलातर्फ जाँदै गर्दा प्र १–०१–०१६प ३५२१ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई चैत १७ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा हिजो साँझ ६.३० बजे न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here