भारतबाट अवैध रुपमा भित्राइएको ४५० केजी माछा बरामद

0
6

झापा ।

भारतबाट अवैध रुपमा भित्राइएको ४५० केजी माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान १० बजेको समयमा कनकाई नगरपालिका- ८ घाघरा पुलको दक्षिण किनारबाट सो परिमाणको माछा बेवारिसे अवस्थामा बरामद गरेको थियो ।

बरामद गरिएको रहूँ, सिल, पमप्लेट जातका माछा प्रहरी कार्यालय झापामा स्थानीय जनप्रतिनिधि, क्वारेन्टाईनका कर्मचारीसमेतको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here