शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक तथा खेलकुद सामग्री वितरण

0
11

अर्जुनधारा ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमकोबिच शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

चालु आर्थिक वर्ष ०८०/०८१को स्वीकृत वडास्तरिय शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्र्तगत ७ नं. वडा कार्यालयले विद्यालयका ३५ जना विद्यार्थीलाई उक्त सामग्रीहरु वितरण गरेको वडाध्यक्ष गोविन्द खतिवडाले जानकारी दिए ।

कक्षा–१देखि कक्षा–५सम्मका प्रत्येक विद्यार्थीलाई १ थान ब्याग, ६ थान कपि, १ सेट पेन्सिल र कक्षा–५ देखि कक्षा–९सम्मका प्रत्येक विद्यार्थीलाई १ थान ब्याग, ७ थान कपि, १ सेट डटपेन वितरण गरिएको वडा सचिव सस्मिता लुँइटेलले जानकारी दिए ।

त्यसैगरी सोही कार्यक्रम अन्र्तगत कार्यालयले विद्यालयलाई ३ थान वर्णमाला र खेलकुद सामग्री अन्र्तगत २ थान फुटबल, २ थान भलिबल र ५ थान स्कीपीङ रोप उपलब्ध गराएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार “भोला”, वडा सदस्यहरु जानुका विश्वकर्मा, देवकुमार राई, पार्वतादेवी न्यौपाने र हरिबहादुर कटुवाललगायतले विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

वडाध्यक्ष खतिवडाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले गरेका थिए । कार्यालयले यस अघि सोही कार्यक्रम अन्र्तगत स्थानीय अरुणोदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पनि शैक्षिक तथा विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here