मेची पुलबाट ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ

0
6

झापा ।

काँकरभिट्टास्थित मेची पुलबाट ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गरेकी सुनसरी जिल्ला रामधुनी नगरपालिका–७ की २४ वर्षीया कन्चन परियारलाई ब्राउन सुगर र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागू औषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्दा परियारको साथबाट एक लाख ३९ हजार नगद, सात सय मिलिग्राम ब्राउन सुगर, सादा मोबाइल सेट र नागरिकताको प्रतिलिपि फेला पारेको थियो ।

उनलाई आवश्यक कारबाहीको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here