इक्यान झापाद्वारा युकेको शैक्षिक अवस्थाका विषयमा प्रशिक्षण

0
7

बिर्तामोड ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाले युकेको शैक्षिक अवस्था तथा त्यहाँको विश्व विद्यालयको बारेमा जानकारी दिने उद्धेश्यले एक दिने तालिम सम्पन्न गरेको छ ।

इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रका सह–कोषध्यक्ष एवम् तालिम विभाग प्रमुख विकल्पराज पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बीपीपी युनिर्भसीटी युकेका अन्तराष्ट्रिय विभाग प्रमुख तरनजीत सिंह, बीपीपी युनिर्भसीटीका प्रतिनिधि डा. दिपक खड्का, इक्यान केन्द्रका युके तालिम विभाग सदस्य उद्धव बन, वान अप इमेन्ट मेनेजमेन्ट कम्पनीका सिईओ रवी झा लगायतको आतिथ्य रहेको थियो ।

युकेमा शैक्षिक अवस्था, शैक्षिक प्रणालीका विषय तथा अवसर र चुनैतिका विषयमा प्रमुख अतिथी समेत रहेका विकल्पराज पोख्रेलले प्रशिक्षण प्रदान गरेका थिए । उनले युकेमा भइरहेको अवस्था, नीति निर्माण तथा त्यहाँको शैक्षिक अवस्थाका साथै विश्वविद्यालयको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै विद्यार्थीदेखि ब्यवसायीक जीवनको याात्राका विषयमा डा. दिपक खड्काले आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै बीपीपी युनिर्भसीटीका तरनजीत सिंहले युकेमा रहेका विश्वविद्यालय र शैक्षिक अवस्थाका विषयमा प्रशिक्षण प्रदान गरेका थिए । इक्यान केन्द्र र बीपीपी युनिर्भसीटीको सहयाोगमा इक्यान झापााले बिर्तामोड स्थित सिद्र्धाथ होटलमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा इक्याान झापाका उपाध्यक्ष एवम् ताालिम संयोजक राज कार्कीले स्वागत गरेका थिए भने सचिव अशोक भण्डारीले कार्यक्रम सञ्चाालन गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट ५० भन्दाबढी कन्सल्टेन्सीका प्रतिनिधि तथा सञ्चालकहरुको सहभागिता रहेको थियो ।

यस्ता कार्यक्रमले विद्यार्थी शैक्षिक अध्ययनका लागि जाने देशको अवस्थाका विषयमा आफुहरुलाई धेरै जानकारी प्राप्त हुने भएकाले विद्यार्थी तथा अभिभावकलाई शैक्षिक पराामर्श दिनका लागि सहज हुने इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको भनाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here