खुकुरी प्रहार गरी पत्नीको हत्या

0
15

झापा । पत्नी अर्कैसंग लागेको विषयमा श्रीमान् श्रीमतीबीच विवाद हुँदा झापाको बाह्रदशी गाउँपालिकामा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रहेका पति चार दिन अघि मात्रै घर आएका थिए । बाह्रदशी गाउँपालिका १ निवासी ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गर्दा पत्नी ३३ वर्षीया मनसरी राजवंशीको मृत्यु भएको हो । आज बिहान ६ः३० बजेको समयमा राजवंशीले पत्नी ३३ वर्षीया ममसरी राजवंशीको घाँटीमा खुकुरी प्रहार गरेका थिए । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले बताए । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए । मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here