पिकअप भ्यानमा अवैध तवरले फ्याँक्न ल्याएको फोहोर मैला  व्यवस्थापन 

0
6

छविराज ढकाल 

पथरी शनिश्चरे 

मोरङको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रहरीको टोलीले पिकअप भ्यानमा अवैध रूपमा फ्याँक्न ल्याएको फोहरमैला व्यवस्थापन गरेको छ।

आज बिहीबार पथरी शनिश्चरे नगरपालिकाले अस्थायी रूपमा प्रयोग गर्दै आएको पशुपति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा  रहेको डम्पिङ साईटमा पिकअप भ्यानमा हाली ल्याएको फोहोर मैला खाल्डो खनेर व्यवस्थापन गरेको हो।  

गएको २०  गते राति ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको पिकअप भ्यानले अस्पतालबाट  निस्किएको फोहोर मैला फ्याँक्दै गर्दा नगरप्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

गाडी बिर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको छ। गाडीमा छोडिएको कागजातहरू हेर्दा झापाको विर्ता सिटी अस्पतालमा उत्पादित फोहोर मैला भएको आशंका छ। सो अस्पतालबाट फोहोर मैला व्यवस्थापनको लागि  पथरीको डम्पिङ साईटमा ल्याएको भेटिएको छ।  

सो डम्पिङ साइडमा पटकपटक आगजनी भैरहेको र नजिकैको मावन बस्तीलाई असर पुर्याएको भन्ने दिनहुँ उजुरी नगरपालिकामा आउन थालेपछि नियन्त्रणको लागि  नगरप्रहरीको टोली पेट्रोलिङमा निस्किएको थियो । सोही क्रममा नगरप्रहरीको टोलीले सो भ्यान सहित चालक तथा सहचालकलाई पक्राउ गरिएका थिए। 

नगर प्रहरी हवल्दार बलबहादुर गौतमका अनुसार गाडी चालक विनोद थारु र सहचालक शुसिल चौधरीलाई भने नियन्त्रणमा लिएर छाडिएको थियो।

फोहोर मैला व्यवस्थापन ऐन २०६८ अनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने पथरी शनिश्चरे नगरपालिकाको वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र राईले बताएका छन्। 

 सो घटनामा कोहि कसैको संलग्नता रहेको भेटिए कडा भन्दा कडा कारबाही प्रकृया अगाडि बढाईने पनि उहाँले जनाएका छन्।

 पर्व पश्चिम राजमार्गको पथरी जाँते सडकदेखि  डेढ किलोमिटर उतरको वन क्षेत्रमा रहेको अस्थायी डम्पिङ साइडमा   आगो लगाउँदा  नजिकको बस्तीहरूले पथरी बजार र आसपासका क्षेत्रहरू र लेटाङ्गको जाँते गाउँका बासिन्दाले वातावरणीय प्रदूषणको  समस्या भोग्दै आइरहेका छन्।

अस्पतालबाट निस्किएको फोहोर मैला कुनै पनि डम्पिङ साइटमा छोडनु नहुने र डढाउन नहुने कानुनी प्रावधान रहेको छ।

पछिल्लो समयमा  अनधिकृत मानिसहरूले डम्पिङ साइडमा प्रवेश गरी  अनावश्यक फोहोर मैला ल्याउने र आगो लगाएर भाग्ने गरेका कारण स्थानीय संस्थाहरू र जनता प्रदर्शन बढेको भन्दै जनगुनासो र उजुरी गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here