स्वास्थ्य सेवाको पहुँच बढोस्

0
3

स्वास्थ्यलाई मानिसको सबैभन्दा ठूलो धन भनिन्छ । स्वास्थ्य ठीक भए भौतिक सम्पत्ति आर्जन गर्न सकिने भएकाले शायद यसलाई सबैभन्दा ठूलो धन भनिएको हुनसक्छ । तर, पछिल्लो समय विश्वभरका मानिसले अनेक स्वास्थ्य समस्याको सामना गरिरहेका छन् । त्यही भएर सम्भावित स्वास्थ्य समस्याका बारेमा चेतना जगाउन विश्व स्वास्थ्य संगठनको आह्वानमा आज अर्थात् अप्रिल ७ का दिनलाई विश्व स्वास्थ्य दिवसका रुपमा मनाउने गरिएको छ । स्वास्थ्य सचेतना दिवस पनि भनिने यो दिवसको यस वर्षको नारा– ‘मेरो स्वास्थ्य–मेरो अधिकार’ निर्धारण गरिएको छ । यसको अर्थ मेरो स्वास्थ्यमा मेरै अधिकार छ भन्ने हो । संयुक्त राष्ट्रसंघको एउटा हाँगा विश्व स्वास्थ्य संगठन हो, जसले मानव स्वास्थ्यका लागि महŒवपूर्ण विषयहरुमा विश्वकै ध्यान आकृष्ट गर्दै सचेत गराउँदै आएको छ ।

आजको दिन विभिन्न स्वास्थ्य अभियान, सेमिनार, सम्मेलन तथा सचेतना सम्बन्धी विविध कार्यक्रमहरु आयोजना गरिन्छ । यो दिवसको लक्ष्य भनेकै स्वस्थ जीवनको प्रवद्र्धन गर्नु र विश्वभरका मानिसलाई आफ्नो स्वास्थ्य रक्षाका निम्ति सचेत गराउँदै त्यसतर्फ प्रोत्साहित गर्नु रहेको छ । विश्व स्वास्थ्य संगठनको सन् १९४८ मा भएको पहिलो विश्व स्वास्थ्य सम्मेलनले विश्व स्वास्थ्य दिवस मनाउने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार सन् १९५० देखि मानव स्वास्थ्यका विविध विषयमा विश्वको ध्यान आकृष्ट गर्दै स्वास्थ्यको प्रवद्र्धनका खातिर सचेतना प्रवाह गरिँदै आएको छ ।

विश्वव्यापी रोग र महामारीसँग जुध्न मनाइने गरेको यो दिवसले स्वास्थ्य नीतिनिर्माण गर्न समेत ठूलो भूमिका खेलेको छ । हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । त्यसै अनुसार स्वच्छ खानेपानी, सरसफाई, खाद्यसुरक्षा, स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्दै सर्वसुलभ स्वास्थ्य सेवामा सबैको समान पहँुच पु¥याउन काम पनि भइरहेको छ । विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्रको हैसियतले नेपालले राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन तथा नियमावली, कार्यक्रम र कार्ययोजनाको विकास र कार्यान्वयनलाई जोड दिँदै आएको छ । त्यसै अनुसार स्वास्थ्य क्षेत्रमा उल्लेख्य सफलता पनि प्राप्त भइरहेको छ । उक्त सफलतालाई प्रत्येक नेपालीसम्म पु¥याउन सेवा विस्तार गर्न आवश्यक छ । यो दिवसले हाम्रो नेतृत्व वर्गलाई उत्प्रेरित गर्न सक्यो भने दिवसको सार्थकता पुष्टि हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here