महिला मुक्ति अभियानद्वारा लैगिक हिंसा विरुद्धका प्रशिक्षण

0
10

बिर्तामोड ।

महिला मुक्ति अभियान झापा तथा बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा लैगिक हिंसा विरुद्धका प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोृ छ ।

बिर्तामोड नगरपालिका–१ मा आयोजना गरिएको कार्यक्रममा विभिन्न संघ–संस्था, टोलका महिला तथा ज्येष्ठ महिलाहरुलाई लैगिक हिंसा विरुद्धको प्रशिक्षण प्रदान गरिएको हो । महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा छठ महिला सेवा समिति अध्यक्ष निशा गुप्ता, नारी सञ्चार गृहकी कोषध्यक्ष स्वस्तिका आर्चाय, वीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओली लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले लैगिक हिंसाको अवस्था तथा कानुनका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागिका तर्फबाट टिका चौहान र झुमा चुडालले यस्ता प्रशिक्षणले महिला माथि हुने हिंसा तथा कानुनी विषयमा जानकारी प्राप्त भएको बताए । उनले यस्ता कार्यक्रमले महिला सशक्तिकरणमा सहयोग मिल्ने बताए ।

महिला मुक्ति अभियानले महिलाको क्षेत्रमा धेरै काम गर्दै आएको भनदै उपप्रमुख संग्रौलाले मानव अधिकार तथा महिलााका क्षेत्रमा राम्रो काम गरेको उल्लेख गरे । उनले न्यायका क्षेत्रमा महिला मुक्ति अभियाानले सशक्त रुपमा आवाज उठाउने गरेको भन्दै लैगिक हिंसा विरुद्धको सचेतना मुलक कार्यक्रम गरेको भन्दै खुशी ब्यक्त गरे ।

संस्थाकी कोषाध्यक्ष भगवती खरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सहसचिव अनिता पुरीले स्वागत गरेकी थिइन् । दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा ५० जनाभन्दा धेरै महिलाहरुको सहभागिता रहेको थियो ।

महिला मुक्ति अभियान झापाले लैगिक हिंसा विरुद्ध विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको र यसलाई जिल्लाभर विभिन्न कार्यक्रमहरु गर्दै हिंसा विरुद्धका अभियान सञ्चालन गर्ने अध्यक्ष सुब्बाको भनाई छ । कार्यक्रमको सञ्चालन पूर्वसचिव विनिता तामाङले गरेकी थिइन् । कार्यक्रममा लता खरेलले प्रशिक्षण प्रदान गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here