सुनसरी ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जयबहादुर राईको मृत्यु भएको छ ।
धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च ९४५९ नम्बरको कारले अचानक ठक्कर दिँदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई इटहरी–२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।