सुरुङ्गामा इदको उल्लास

0
11

कनकाई।

 

फोटो:- समीर आलम।

मुस्लिम समुदायले इद उल फित्र झापा स्थित कनकाईको सुरुङ्गामा हर्षोल्लासका साथ मनाएका छन्।

उनीहरूले एक आपसमा शुभकामना आदानप्रदान साथै खुसी साटासाट गरी पर्व मनाएका हुन्। इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरान अवतरण भएको महिना रमजान रोजा सकिएपछि मनाइने पर्व हो।

आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा व्रत सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ। खुसीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो।

यसैबीच सरकारले इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इदको अवसरमा आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here