कनकाईमा हात्तीपाइले रोग निर्वारण सम्बन्धी अन्तरक्रिया

0
7

कनकाई ।

झापाको कनकाई नगरपालिकामा हात्तीपाइले रोग निर्वारण सम्बन्धी नगर स्तरीय अन्तरक्रिया तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान २०८० लाई सफल बनाउन सवैले प्रतिवद्धता जनाएका हुन् ।

कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा सहारा नेपाल अन्तरगतको विश्वास परियोजनाको समन्वयमा भएको गोष्ठीमा बैशाख १६ देखि २५ गतेसम्म हात्तीपाइले रोग निर्वारणका लागि सेवन गराइने औषधी कार्यक्रममा नगरका राजनीतिकदल, स्थानीय संघ/संस्थासहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले कार्यक्रम सफल बनाउन प्रतिवद्धतामा हस्ताक्षर गरेको सहारा नेपाल अन्तरगतको विश्वास परियोजनाकी सामुदायिक स्वास्थ्य सहजकर्ता कोपिला अधिकारीले जानकारी दिइन् ।

स्वागत नगर जनस्वास्थ्य अधिकृत नारायण अधिकारीले गरेको कार्यक्रममा कनकाई वडा न ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, राजनीतिक दलका तर्फबाट नेकपा (एकीकृत समाजवादी) नगर उपाध्यक्ष मिरा प्रधान, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति बालकृष्ण प्रसाईलगायतले आ–आफ्नो धारणा प्रस्तुत गर्दै प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा नगरकी उप–प्रमुख आशा शर्मा शिवाकोटी, निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवाल, सहारा नेपाल अन्तरगतको विश्वास परियोजनाका कार्यक्रम संयोजक पवन राई, नगरका कर्मचारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगरका जनप्रतिनिधि तथा वडा सदस्य, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय सामाजिक संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगरका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here