तीन करोड रुपैयाँको लागतमा होटल रुस्किन सञ्चालनमा

0
19

झापा । झापाको बिर्तामोडमा तीन करोड रुपैयाँको लागतमा होटल रुस्किन सञ्चालनमा आएको छ ।
बिर्तामोड ५ स्थित बसपार्क नजिकै होटल रुस्किन सञ्चालनमा आएको हो । नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको होटलको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतरा प्रसाईले गरेकी छिन् ।
रेष्टुरेन्ट , वार र थकाली रेस्टुरेन्टको समेत व्यवस्था गर्दै सञ्चालनमा ल्याएको होटलमा १५ वटा सुविधा सम्पन्न रुम रहेको होटल सञ्चालक नरेश श्रेष्ठले जानकारी दिए ।

१७ जनाले रोजगारी पाएको होटलमा सञ्चालनको अवसरमा बैशाख ९ गते सम्मका लागि विशेष छुटको व्यवस्था गरिएको बताइएको छ । होटल सञ्चालक श्रेष्ठका आमा भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई सहित बिर्तामोड– ६ का वडा अध्यक्ष सूर्य कन्दङ्वा, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना व्यक्त मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here