नेत्रहीन संघको संगीत तालिम तथा झुल वितरण कार्यक्रम

0
20

बिर्तामोड ।

नेत्रहीन संघ झापाले नेपालमा ब्रेन लिपि भित्र्याउने जंगबहादुर बोगटीको ८५औं जन्मजयन्तीको अवसर पारेर दुई महिने संगीत तालिम उदघाटन, झुल वितरण तथा नवषर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोड -३, बिर्ताबजारस्थित नेत्रहीन संघको सभाहलमा आयोजित दुई महिने व्यवसायिक संगीत तालिम तथा झुल वितरण कार्यक्रमको उदघाटन प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले गरेका थिए।

नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तम खतिवडाले स्वागत गरेका थिए। कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मीडटाउनको तर्फबाट उपलब्ध ६० वटा झुल प्रमुख अतिथि न्यौपाने, रोटरी क्लबका अध्यक्ष सिद्धार्थ नवीन उप्रेतीलगायतले संघका सदस्यलाई वितरण गरेका थिए।

सोही अवसरमा बुद्धशान्ति निवासी भद्रिका पौडेलले संघलाई नगद १० हजार एक सय र रोटरी क्लबकी प्रियंका शर्माले पाँच हजार सहयोग गरेका थिए भने मनिषा थपलियाले आफ्नो जन्मोत्सवको अवसरमा तीन ग्रास ब्रेन लिपि पेपर प्रदान गरेकी थिइन् ।

कार्यक्रममा जेष्ठ सदस्य भीमकुमारी श्रेष्ठलाई नगद २ हजार ५ सय, सेतो छडीसहित सम्मान गरिएको थियो। संघका अध्यक्ष राजबंशीले दताहरुलाई धन्यवाद दिंदै व्यवसायिक संगीत तालिम सञ्चालन लागि बिर्तामोड नगरपालिकाले आर्थिक सहयोग गरे पनि प्रयाप्त नहुँदा दाताहरुमा नै भर पर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै गुनासो गरे। उनले तालिमका लागि ३ लाख बढी बजेट आवश्यक भए पनि नगरपालिकाबाट ५० हजार मात्र सहयोग रहेको बताए। तालिमका प्रशिक्षक चन्द्रप्रसाद भट्टराई रहेका छन्।

संघका सल्लाहकार समिति संयोजक तथा पूर्व अध्यक्ष दोर्णचार्य निरौलाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, रोटरी क्लब अफ बिर्तामोड मीडटाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती, लायन्स क्लब अफ बिर्तामोडकी अध्यक्ष संगीता रौनियार, प्रशिक्षक तथा बिर्तामोड अपाङ्गता स्वालम्बन संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराई, सामाजिक व्यक्तित्व भद्रिका पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा, लायन्स क्लबका पूर्व अध्यक्ष सत्यनारायण शर्मा, सुरज रौनियार, राजेन्द्र अग्रवाललगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिल राजबंशीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here