बालिकालाई अनैतिक कार्यमा लगाउने पक्राउ

0
6

झापा ।

एक बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई जना महिलालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए । पक्राउ पर्नेमा झापा घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीया पूजा लोवा र चितवन घर भई काठमाडौं गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन छन् । पूजा लोवा चाबहिलमा फ्रेण्डसिप ब्युटी एण्ड स्पाकी सञ्चालक हुन् ।

उनीहरू दुई जनाले एक बालिकालाई पूर्वी नवलपरासीको एक रेस्टुरेन्ट र काठमाडौंको स्पामा यौन गतिविधि गर्न बाध्य पारेको एसपी मिश्रले बताए । गोप्य सूचनाको आधारमा खटिएको ब्युरोको टोलीले बालिकाको उद्धार गरिसकेको उनले जानकारी दिए ।

मिश्रका अनुसार पूजा लोवा र पूजा मगरले आर्थिक अवस्था कमजोर भएकी बालिकालाई आकर्षक तलब–सुविधा हुने प्रलोभन दिएका थिए । शुरूमा बालिकालाई वेटरको काम दिने भन्दै पूर्वी नवलपरासीको रेस्टुरेन्टमा पठाए । त्यहाँ सञ्चालकले धम्की दिएर यौन व्यवसायमा लाग्न बाध्य पारेका थिए ।

त्यसपछि बालिकालाई काठमाडौंको स्पामा ल्याइएको थियो । त्यहाँ विभिन्न प्रलोभनमा पारी बालिकालाई ग्राहकसँग शारीरिक सम्बन्ध राख्न लगाइएको थियो । पूजा मगरले ग्राहकले बोलाएको ठाउँमा ती बालिकालाई पठाउने गरेकी थिइन् ।

यसरी यौन व्यवसायमा लगाए वापत् प्राप्त भएको रकम थोरै बालिकालाई दिने बाँकी मगर आफैंले लिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here