कांग्रेस संसदीय दलका नेता थापाको प्रश्न : मुख्यमन्त्री अल्पमतमा पर्दैैमा कुर्सी छाडेर हिँड्ने त ?

0
9

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्की अल्पमतमा रहेको तर यत्तिकैमा कुर्सी छाडेर हिँड्न नमिल्ने बताएका छन् ।

बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार छाड्ने पनि विधिसम्मत प्रक्रिया रहेको बताए । ‘हामी अल्पमतमा छौं, त्यो कुरा स्वीकार गर्छौं, तर अल्पमतमा छौं भनेर अहिले नै कुर्सी छाडेर हिँड्ने त ?, त्यसको पनि एउटा प्रक्रिया हुन्छ’, उनले भने ।

कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन आग्रह गरेका छन् । उनीहरुले मुख्यमन्त्रीलाई पदमुक्त गर्ने उद्देश्यले कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पनि दर्ता गराएका छन् ।

कांग्रेस नेता थापाले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने कुरा मुख्यमन्त्रीको विवेकमा भर पर्ने बताए । ‘राजीनामा दिने वा विश्वासको मत लिने भन्ने कुरा मुख्यमन्त्रीको नितान्त व्यक्तिगत विवेकको कुरा हो’, उनले भने । कांग्रेसले कोशीमा यही सरकार टिकाउन अधिकतम पहल गर्ने थापाको भनाइ छ । अनलाइन खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here