सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
5

झापा ।

झापाको कचनकवल–६ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा कचनकबल–४ का ४१ बर्षीय कृष्णप्रसाद साहको उपचारको क्रममा ओमसाई पाथिभरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा सोही स्थानका १४ बर्षीय संदिप माझी, कचनाकवल–६ का २१ बर्षिय गोपाल राजबंशी र कचनाकवल–७ का अन्दाजी २४–२५ बर्षीय रामबहादुर राजबंशी घाइते भएका थिए । घाइते उनीहरु तीनै जनाको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

गएराती अन्दाजी ९ः५० बजेको समयमा कचनकवल– ६ पेट्रोल पम्प नजिक बनियानी केचना सडक खण्डमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

केचनाबाट बनियानितर्फ जाँदै गरेको मे ८ प ८१७ नम्बरको मोटरसाइकल र बनियानिबाट केचनातर्फ आउँदै गरेको भरती नम्बर प्लेट भएको बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा उनीहरु घाइते भएका थिए ।

दुर्घटनामा दुबै मोटरसाइकलमा सवार चार जना घाइते भएका थिए । दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय बनियानिको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here