बिर्तामोड उद्योग वाणिज्य संघको पदहस्तान्तरण

0
9

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतवारदेखि पदभार ग्रहण गरेको छ । अध्यक्षमा विजयी भएका राजु न्यौपाने नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेको हो । २०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो । सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार सुम्पिएका हुन् ।

अध्यक्ष न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका थिए । यसअधि निर्वाचन समितिका संयोजक नारायणप्रसाद पौडेलले अध्यक्ष न्यौपानेलाई सपथ गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार विल्सनविक्रम राई, सञ्चारकर्मी विष्णुकुल श्रेष्ठ, व्यवसायी कुमार निरौलालाई सम्मान गरिएको छ ।

पदहस्तान्तरण कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष शिवकोटीले आफुले कोरोनाको संक्रमणको अवस्थामा नेतृत्व लिएको र मानवीय सेवाका क्षेत्रमा धेरै काम गरेको बताए । उनले व्यवसायीको हितमा काम गर्दै पाँच लाख रुपैंयाको ब्यवसायीक राहत कोष स्थापना गर्नुका साथै कोरोनाको संक्रमणका समयमा ब्यवसायी तथा मजदुरहरुलाई कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्नुका साथै वाणिज्य संघको गेट निर्माण लगायतका काम गरेको बताए । उनले ब्यवसाय प्रर्वद्धनका लागि औद्योगिक कृषि पर्यटन महोत्सव सञ्चालन गर्नुका साथै बैंकको चर्को ब्याजदर विरुद्ध ब्यवसायीको पक्षमा आफु नेतृत्वको कार्य समितिले आवाज उठाएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी ढकालले १२ वटा बुदामा कानुन संशोधन हुदै गरेको भन्दै त्यो संशोधन भएपछि अहिले देखिएको ब्यसायीको आर्थिक समस्या समाधान हुने विश्वास ब्यक्त गरे । उनले सरकरले निर्माणा ब्यवसायीले पाउनुपर्ने रकम नदिएकाले समस्याा भएको भन्दै त्यस तर्फ भ्यान दिन आग्रह गरे । नीजि क्षेत्रलाई चलामयमान बनाउन महासंघले विभिन्न पहलहरु ग्रिरहेको उनको भनाई थियो । ब्यसायीको संरक्षण स्थानीय सरकारले गर्नुपर्ने भन्दै त्यस तर्फ लाग्न आग्रह गरे । व्यवसायीको हितमा काम गर्न नवनिर्वाचित टिमलाई आग्रह गरेका छन् । उनले अहिले देशको अर्थतन्त्र र्धमराएको भन्दै नीजि क्षेत्रको संरक्षणमा सरकारले चासो नदिएको भन्दै व्यवसाय प्रर्वद्धनमा ध्यान दिनुपर्ने विचार ब्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति केशवराज पाण्डे, एमालेका जिल्ला उपाध्यक्ष शिव ढुङगेल, राप्रपा अध्यक्ष केशव ओझा, चिया श्रमिक संघकाा केन्द्रिय अध्यक्ष दिपक तामाङ, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्रकुमार खड्का, अलैची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई,बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष अग्नीप्रसाद पाण्डे, मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, लगायतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगाायतको उपस्थिती रहेको थियो । पहिलो सत्रको कार्यक्रम निर्वतमान अध्यक्ष शिवाकोटीको अध्यक्षतामा भएको थिया भने दोस्रो सत्रको कार्यक्रम नवनिर्वाचित अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा निर्वतमान जनसम्पर्क उपाध्यक्ष नैनाकला भट्टराईले स्वागत गरेकी थिइन ।

पहिलो सत्रको कार्यक्रमको सञ्चालन निर्वतमान महासचिव अर्जुन मैनालीले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम नवनिर्वाचित महासचिव कुशल खतिवडा सञ्चालन गरेका थिए । यसैबीच विर्तामोड उद्योग वाणिजय संघको नवनिर्मित प्रवेशद्वारको समेत उद्घाटन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here