ब्राउनसुगरसहित एक जना पक्राउ

0
8

झापा ।

झापाको अर्जुनधारा–५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका –८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका छन् । बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाबाट संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । अर्जुनधारा– ४ बस्ने अन्दाजी २७ वर्षीय बिमल राई भने फरार भएका थिए ।

संगै रहेका चौधरीको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । लागूऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइ थप अनुसन्धान भइरहेको र फरार राईको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here