गौतम प्रतिष्ठानद्वारा पत्रकारसहित दुई जना पुरस्कृत

0
9

ताप्लेजुङ ।

टिकाराम गौतम स्मृति प्रतिष्ठानको ११औं साधारण सभा तथा १४आंै स्मृति दिवस सम्पन्न भएको छ ।

फुङ्लिङ नगरपालिका वार्ड नं. ५ मा रहेको जिल्ला रेडक्रस सोसाइटीको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले उद्घाटन गरेको सभाको अध्यक्षता तोयानाथ गौतमले गरेका थिए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका गुल्मपति, जिल्लास्थित कार्यालय प्रमुखहरू जिल्ला रेडक्रस सभापति इन्द्र गुरुङ, लेखनाथ गौतम, हर्कयाक्सो विकास गौतम लगायत समाजसेवी गन्यमान्य जिल्लाबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाको जग्गा प्राप्ति भवन निर्माण लगायत सामाजिक कार्यमा स्थापनाकालदेखि लगातार १४ वर्षसम्म पु¥याएको सेवा तथा विविध संघ–संस्थामा नेतृत्वदायी भूमिकामा रहेर समाज रुपान्तरणको क्षेत्रमा समाजलाई गरेको सहयोगको स्मरण गर्दै स्वर्गीय गौतम को योगदानको बारेमा चर्चा गरिएको थियो ।

जसअनुरूप स्वर्गीय टीकाराम गौतम परिवारद्वारा प्रतिष्ठान स्थापनाकालदेखि प्रत्येक वर्ष तीन विधामा उत्कृष्ट रहने तीनजना जिल्लाबासी व्यक्ति र संस्थालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गर्दै आइरहेको अध्यक्ष गौतमले जानकारी गराएका थिए ।

यस वर्ष सम्मानित हुनेहरूमा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रेडियो तमोरमा कार्यरत पत्रकार मनमाया लिम्बू, सामाजिक सेवा पुरस्कारबाट समाजसेवी हर्क याक्सो र उत्कृष्ट उपशाखा पुरस्कारबाट साँगु उपशाखालाई नगद दोसल्लाह र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन सचिव प्रकाशमणि गौतमले प्रस्तुत गरेका थिए । सोही समारोहमा प्रतिष्ठानद्वारा तयार गरिएको विक्रम सम्वत् २०८१ सालको भित्ते पात्रो क्यालेन्डर) बिमोचन गर्दै संस्थाको नाममा जिल्लाबासीलाई सहज हुनेगरी एम्बुलेन्स सेवा सञ्चालनमा रहेको गौतमले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका थिए ।

जिल्ला रेडक्रस सोसाइटी ताप्लेजुङ शाखा, उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ र माता पाथिभरा संरक्षण र सम्बद्र्धनमा स्वर्गीय गौतमको देन अतुलनीय रहेको लेखनाथ गौतमले जानकारी गराएको कार्यक्रमको सञ्चालन प्रकाशमणि गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here