तराईमा गर्मी बढ्यो, तातो लहरबाट बच्न अनुरोध

0
18

झापा।

झापासहित देशभर गर्मी बढेको छ । गर्मी बढेसंगै जनजीवन प्रभावित बनेको हो । जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका सुचना अधिकारी चुडामणी लुईटेलले केही दिनदेखि झापामा पनि गर्मी बढेको भन्दै सचेत बन्न आग्रह गरे । उनले पूर्वी तराईका जिल्लामा गर्मी अधिक नहुले मौसम विज्ञन विभागले जनाएको भने पनि विगतमा भन्दाा यस पटक गर्मी अधिक महशुस भएकाले घाम लागेको समयमा अनावश्यक रुपमा हिडडुल नगर्न सबैलाई आग्रह गरे । उनले यस्तो अवस्थामा स्वास्थयको ख्याल गर्न सुझाव दिएका छन् ।

मोसम विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत केहीदिन देखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको भन्दै तापक्रम बढ्ने हुँदा सचेत हुन विशेष बुलेटिन सार्वजनिक गर्दै अनुरोध गरेको छ । कोशी प्रदेशमा विभागले गर्मीको चेतावनी नदिए पनि यहाँ जनजीवन प्रभावित बनेको छ । विभाग कोशीमा गत वर्षको भन्दा तापक्रम केही बढेको जनाए पनि विशेष बुलेटिनमा सर्तक हुन आग्रह गरेको छैन् ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको उक्त बुलेटिनमा आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरिएको छ । “ती भूभागमा आगामी पाँच दिन (२०८१ वैशाख १० गते देखि २०८१ वैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भूभागका उपत्यका तथा खोचमा तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनुहुन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले गर्मी मौसममा अधिक पसिना बढ्ने भएकाले पानी जन्य खाने कुरा बढी खानुपर्ने बताए । उनले भने– गर्मी मौसममा पसिनाको माध्यमबाट पानी बाहिर निस्कने भएकाले पानी बढी खानुपर्छ । उनले दिनको समयमा गर्नुपर्ने कामलााई बिहान तथा बेलुका गर्न सुझाव दिदैं घाममा बाहिर निस्केर काम नगर्न सुझाव दिए । उनले यस्तो मौसमा खानपिनमा ध्यान दिन आग्रह गर्दै विशेष गरेर बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले सचेतता अप्नाउन आग्रह गरे । गर्मी मौसममा लामखुट्टेको संक्रमण बढ्ने सक्ने, झाडापखला हुन सक्ने तथा मानिसमा असहजता हुने भएकाले यस्तो अवस्थामा धेरै ध्यान दिनुपर्ने बताए ।

पूर्वाञ्चलसंग कुरा गर्दै पाठकले भने–गर्मी मौसममा कागती पानी, मोही, नरिवलको पानी तथा घरमै बनाइएका ताजा जुस खानुपर्छ । बजारमा पाइने चिनी र सोडाको अधिक प्रयोग गरिएको चिसो पेय पदार्थ नखान आग्रह गर्दै उनले मादकपदार्थ नगर्न सुझाव दिए । घाम लागेको समयमा बाहिर निस्कनु परेमा सुतिको कपडा लगाउन आग्रह गर्दै टाँउकोमा हल्का खालको कपडा बेर्न आग्रह गरे । उनले छाताको प्रयोग गरेर मात्र बाहिर निस्कन सुझाव दिए ।

यसैबीच पश्चिम तराईका जिल्लामा तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । ठाउँठाउँमा आगलागी भइरहेका छन् । आगलागीले करोडौंको धनमाल नष्ट भएका छन् । गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चलेपछि सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ । गर्मीसँगै पानी कम प्रयोग गर्दा हुने बिरामीको सङ्ख्या पनि बढेको स्वास्थ्यकर्मीहरुको भनाई छ । पिसाबको सङ्क्रमण, कडा ज्वरो, मिर्गौलामा पत्थरी भएका बिरामीमा तीव्र पेट दुख्ने समस्याका बिरामी अस्पताल पुग्ने गरेका छन् । अहिलेको वातावरणका कारण दम रोगका बिरामीलाई समस्या भएको बताइएको छ ।

गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । स्थानीय बासिन्दाको भनाइ अनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो । गर्मीले मानिस मात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन् । बजार सुनसान भएपछि व्यापार घटेको छ । अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायत समस्या देखिएकाले उनीहरुलाई पर्याप्त झोलिलो पदार्थ ख्वाउन चिकित्सकले सुझाव दिएका छन् ।

गर्मीबाट जोगिन पानी र झोलिलो पदार्थ बढीभन्दा बढी खान चिकित्सकहरुले सुझाव दिएका छन् । तातो हावा, प्रचण्ड गर्मी र आगलागीबाट वातावरणमा परेको असरका कारण जनजीवन प्रभावित भएपछि राहत पाउन सर्वसाधारण, किसान, व्यापारीलगायतले वर्षाको कामना गरिरहेका छन् ।

गर्मी मौसमा प्रायलाई खानामा अरुची बढ्ने तथाकतिपय मानिस खानामा अरुचि बढेसँगै वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुखाईको समस्याबाट प्रभावित हुने भएकाले यस्तो अवस्थामा खानपिनमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दैनिक खानपान र व्यायाममा ध्यान दिन नसक्दा स्वास्थ्य र अर्थ दुवैमा असर पर्ने हुँदा सन्तुलित खानापानसँगै नियमित व्यायाममा जोड दिनुपर्छ। यो मौसमा पिरो, अमिलो र अन्य खानेकुरा खानु हुँदैन। प्रशस्त मात्रा पानी तथा झोल पर्दाथ पिउने गर्नुपर्छ। त्यसैले यो मौसममा साधारण खानपानमा जोड दिन विशेषज्ञहरु सुझाउँछन्। विज्ञले गर्मी मौसममा मसलादार, तारेभुटेका खानाबाट टाढै रहन सके बिरामी हुने संभावना निकै कम हुने बताएका छन्।

गर्मीको समयमा तापक्रम वृद्धि हुने भएकाले मसलेदार खानेकुरा खानुहुँदैन। यस्ता खानाले शरीरमा तापक्रमको मात्रा बढाउनमा मद्धत गर्छ। जसले गर्दा बढी मात्रामा पसिना बग्न गइ शरीरमा पानीको अभाव सृजना गर्छ। यस्तो समयमा फलफूल धोइपखाली खानुपर्छ। त्यस्तै तारेका परिकार खाँदा अपच हुने संभावना बढी हुन्छ। जसको कारण बिरामी पर्न संभावना पनि त्यत्तिकै बढी हुन्छ। गर्मी मौसममा चिसो पेयपदार्थको प्रयोग बढी हुने गर्छ। एक छिनलाई शितलता दिएपनि यसले शरीरलाई कत्ति पनि फाइदा नगर्ने चिकित्सकहरुले बताएका छन् ।

र्मी होस् वा जाडो मौसममा सकेसम्म जंक फुडबाट टाढै बस्नु सुझाव दिएका छन् । गर्मी मौसममा चिया र कफीको सेवन स्वास्थ्यका लागि फाइदाजनक नहुने भएकाले यसको सेवन नगर्न आग्रह गरेका छन् । मासुमा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले यसको प्रयोग पनि कम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here