वीरता जेसीजले गर्यो झण्डोत्तोलन

0
13

बिर्तामोड ।

वीरता जेसीजले आज एक कार्यक्रमका बीच झण्डोत्तोलन गरेको छ ।

वीरता जेसीजको सन् २०२३ र २०२४ को संयुक्त बोर्ड बैठक सम्पन्न भएको छ । बैठक लगत्तै सन् २०२४ का अध्यक्ष विकास बस्नेतसहितको टिमले झण्डोत्तोलन गर्दै आफ्नो कार्यकालको शुरुवात गरेको छ ।

झण्डोत्तोलन कार्यक्रमका प्रमुख अतिथी वीरता जेसीजका सन् १९९७ का अध्यक्ष शेखर ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका सन् २०२० का अध्यक्ष मिजास पोख्रेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

झण्डोत्तोलन कार्यक्रमको संयोजक सुवास त्रिखत्री रहेका थिए । कार्यक्रममा संयुक्त रुपमा जेसीज आस्था बचान गरिएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव सुमन पोद्धारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here