एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

0
7

नारायणगढ (चितवन),

कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।

त्यस अवसरमा कालिकाका नगरप्रमुख विनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरूलाई स्वदेश तथा विदेशमा जहाँ गएपनि व्यावसयिक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सीप भएका मानिसलाई कामको दुःख छैन ।”

कालिका–४ पदमपुरस्थित सहिद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्रदिने निःशुल्क हलुका चारपाङ्ग्रे सवारीसाधन चालक तालिम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमले जानकारी दिनुभयो ।

व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here