आयुर्वेद शाखाद्वारा निःशुल्क स्वास्थ्य शिविर

0
15

झापा । स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बाह्रदशी गाउँपालिका १ स्थित भागुडुब्बामा आयोजना गरिएको शिविरमा पूर्व श्रम तथा यातायात राज्यमन्त्री टेकनारायण राजवंशीसहित सर्वसाधारणले स्वास्थ्य जाँच गराउँदै सहज रुपमा स्वास्थ्य सेवा लिएका छन् ।
बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँईले उद्घाटन गरेको शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । दक्षिणी क्षेत्रका सर्वसाधारणले आयुर्वेदको भरपुर सेवा लिएका थिए । शिविरमा भिडियो एक्स रे, ल्यावसहितको सेवा प्रदान गरिएको थियो । आयुर्वेदका चिकित्सकहरुले स्वास्थ्य जाँच गर्दै सर्वसाधारणलाई निःशुल्क औषधि वितरण गर्दा स्थानीय हर्षिद देखिन्थे ।


शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चम्लागाँईले विपन्न समुदायसहित स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेकालाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका लागीपरेको बताउँदै सबै नागरिकलाई निरोगी बनाउने गाउँपालिकाको लक्ष्य रहेको बताए । उनले आयुर्वेद क्षेत्रको विकासका लागि गाउँपालिकाले विशेष बजेटको व्यवस्थापन गर्दै अघि बढ्ने र आमनागरिकलाई निरोगी बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने बताएका छन् । उनले आयुर्वेद उपचार पद्दति प्राचिन उपचार पद्दति रहेको र यसलाई थप विश्वासिलो बनाउन गाउँपालिका लागीपरेको बताए । आयुर्वेदको सही औषधि प्रयोगले दीर्घ रोग समेत निर्मुल पार्न सहयोग मिल्ने बताए ।


शिविरमा बाह्रदशी गाउँपालिका वडा नंं २ का वडाध्यक्ष भीमबहादुर कार्की, वडा नं. ३ का अध्यक्ष टंकप्रसाद साह, वडा नं. ४ का अध्यक्ष महताव आलम, आयुर्वेद स्वास्थ्य कार्यालय चन्द्रगढीका प्रमुख डा. अनिलकुमार यादव, बाह्रदशी गाउँपालिका वडा नं. १ का निवर्तमान अध्यक्ष शम्भुसिंह राजवंशी, नेकपा एमालेका नेता लक्ष्मण पाठक, उद्योग वाणिज्य संघ राजगढका अध्यक्ष खगेन्द्रबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


आयुर्वेद स्वास्थ्य शाखाका प्रमुख जटाशंकर झाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी खगेन्द्र भट्टराईले गरेका थिए ।
यता बिर्ता आँखा तथा कान अस्पताल , नव दृष्टि तथा आँखा जाँच घरले समेत स्थानीयको आँखा जाँच गर्दै निशुल्क औषधि बितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here